मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ मङ्सिर १६ शुक्रबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एससिटी र सुलभ पेबीच सम्झौता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार ०६:१०:००

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र सुलभ पे (एन क्यास वालेट)बीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतामा एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र सुलभ पेका प्रबन्ध निर्देशक सतिश पोखरेलले हस्ताक्षर गरेका हुन् । 

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्तामाझ लोकप्रिय सुलभ पे (एन क्यास वालेट)बीच भएको सहकार्यले देशको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिएको एससिटीले जनाएको छ ।

सम्झौताअनुसार सुलभ पे (एन क्यास वालेट) प्रयोगकर्ताले सुलभ पे वालेटमार्फत स्मार्ट क्युआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्ने जनाइएको छ ।