मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १६ शुक्रबार ०७:०९:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार ०७:०९:००

हरेक निर्वाचनपछि कांग्रेसमा अन्तर्घातको कहल किन बल्झिन्छ ?
कांग्रेस ठुलो र लोकतान्त्रिक पार्टी हो । पार्टीभित्रका अवसरहरूमा महत्वाकांक्षी धेरै छन् । सबैले आफूलाई विभिन्न पदका लागि क्षमतावान् ठान्नु अन्यथा होइन । यस्तोमा आफूले मौका नपाएपछि उसले अर्कोलाई खुलेर सहयोग नगर्न सक्छ । विशेषगरी राजनीतिमा अवसर प्राप्त गर्ने आधार निर्वाचन नै हो । त्यसैले, पनि निर्वाचनपछि अन्तर्घात चर्चामा आउने गरेको हो । 

अन्तर्घातको यो रोग कांग्रेसमा मात्र देख्नुहुन्छ कि अन्य दलमा पनि छ यो समस्या ?
यो समस्या कांग्रेसमा मात्र होइन, अन्य दलमा पनि छ । कम्युनिस्टजस्तो अनुशासित भनिने दलहरूमा पनि यो समस्या देखिन्छ । एमालेमा पनि अन्तर्घातको चर्चा चली नै रहेको सुनिन्छ । माओवादीमा त्यति धेरै बाहिर नआए पनि त्यहाँ पनि छ यो समस्या । 

कार्यकर्ताले मत नदिँदा मात्र अन्तर्घात हुने हो कि पहिले मत दिने जनताले अहिले नदिँदा पनि अन्तर्घात हुने हो ?
कार्यकर्ता पार्टीको अनुशासन र विधानमा बाँधिएको हुन्छ । सामान्यतः उसले पार्टीको उपल्लो तहको निर्देशन मान्नुपर्ने हुन्छ । यस्तोमा उसले पार्टीको उम्मेदवारलाई मत दिएन भने अन्तर्घात भन्न मिल्छ । तर, जनता दलहरूका आज्ञापालक अनुचर होइनन् । उनीहरूले प्रत्येक पटक जसलाई मन लाग्छ, उसैलाई मत दिन्छन् । यसलाई कसैले अन्तर्घात भन्छ भने त्यो उनीहरूको अबुझपन हो ।