१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १५ बिहीबार ०७:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्याङ्जा २ मा एमालेलाई सुरुवाती अग्रता 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १५ बिहीबार ०७:०६:००

स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । बुधबार साँझबाट सुरु भएको मतगणनामा एमालेकी उम्मेदवार पद्मा अर्यालले दुई हजार तीन सय चार मत प्राप्त गरेकी  छिन्। 

नेपाली कांग्रेसका धनराज गुरुङले एक हजार सात सय तीन मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले एक सय ८० मत पाएका छन् । पद्मा ६ सय एक मतले अगाडि छिन् । 
 
त्यस्तै, प्रदश सभामा पनि एमालेकै अग्रता छ । प्रदेश (क) मा एमालेका मोहन रेग्मीले दुई हजार चार सय नौ मत ल्याउँदा कांग्रेसका भोजराज अर्यालले एक हजार आठ सय ३० मत पाएका छन् ।  एमालेका रेग्मी पाँच सय ७९ मतले अगाडि छन।

हाल गल्याङ नगरपालिका ६ र ७ तथा भिरकोट ५ को गणना सकिएको छ । स्याङ्जा २ मा ७० हजार एक सय ९१ मत खसेको थियो ।