१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १४ बुधबार ०७:३३:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १४ बुधबार ०७:३३:००

राजर्षिका रूपमा परिचित राजा जनक कुनै समयमा प्रायः भोगविलासमा लिप्त रहन्थे । एकपटक उनी मस्त निद्रामा थिए । उनले एक भयानक सपना देखे । शत्रु देशका राजाको विशाल सेनाले उनको राजधानी मिथिलामा अचानक आक्रमण गर्‍यो । युद्धमा जनकको पराजय भयो । उनलाई शत्रु सेनाले बन्दी बनायो र आफ्ना राजासामु पेस गर्‍यो । 

विजयी राजाले आदेश दिए– पराजित राजा जनक जीवन चाहन्छन् भने निर्वस्त्र भएर आफ्नो राजधानीको बीचभाग हुँदै पैदलै आफ्नो देशको सीमाबाहिर जाऊन् । अन्यथा, यिनको वध गरियोस् । जनकले पहिलो विकल्प स्विकारे । जनक निर्वस्त्र अवस्थामा राजधानी मिथिलाबाट बाहिर निस्किए । हिँड्दाहिँड्दा थकित भएका जनक एक रुखको फेदमा बसे र आफ्नो दुरवस्था देख्दा जोडले रुन थाले । 

निद्रामा रहेका राजालाई बेचैन अवस्थामा देखेर रानीले उनलाई बिउँझाएर बेचैनीको कारण सोधिन् । जनकले हडबडाउँदै रानीलाई सपनाको सबै विवरण सुनाए । राजाले देखेको सपनाबारे सुनिसकेपछि रानीले भनिन्– महाराज, जबसम्म तपाईं स्वप्नलोकमा हुनुहुन्थ्यो, तब स्वप्नका झुटा घटना पनि तपाईंलाई वास्तविक जस्ता लागिरहेका थिए । 

अहिले आँखा खुलिसकेपछि तपाईंलाई ती घटना क्षणिक र झुटा थिए भन्ने थाहा पनि भइसक्यो । सपनामा जसरी तपाईं आफ्नो दीनहीन अवस्थाका कारण शोकाकुल भइरहनुभएको थियो, कहीँ जागृत अवस्थामा पनि तपाईंको हालत त्यस्तै त छैन ? महाराज जागृत अवस्थामा तपाईं जे गर्दै हुनुहुन्छ, त्यो सबै पनि स्वप्नवत् यथार्थ नै त हो । तर, यस कुराको महसुस तपाईंलाई सय वर्षको उमेर पार गरेर आत्मजागरण प्राप्त गरेपछि मात्र हुनेछ । 

राजा जनकले रानीका कुरा सुने, स्वप्न र जागृत अवस्थाको यस भुलभुलैयामाथि विचार गरे । रानीका कुराले उनका आँखा खोलिदिए । र, उनी उसै क्षणदेखि सारा भोगविलास त्यागेर ‘राजा जनक’बाट ‘राजर्षि जनक विदेह’ बने । भोगीबाट योगी बने ।