मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार ०६:५०:००
Read Time : < 1 मिनेट
अर्थ

हिट्कोद्वारा प्रदेश १ मा छलफल सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार ०६:५०:००

वर्कसप इक्विपमेन्ट उत्पादक कम्पनी एटिएस एल्गीको नेपालस्थित अधिकृत आयातकर्ता हिट्को प्रालिले प्रदेश १ का आफ्ना उपभोक्तासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफलमा २ सयभन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो ।

६ पुसमा विराटनगरमा आयोजित कार्यक्रममा हिट्को प्रालिका कार्यकारी निर्देशक प्रदीपमान प्रधानले एल्गीको एयर कम्प्रेसर र एटिएस एल्गीका विभिन्न रेन्जका सामग्रीबारे सहभागीलाई जानकारी दिएका थिए । हिट्कोले सुनसरीको दुहबी, बाराको सिमरा, चितवनको नारायणगढ र रुपन्देहीको बुटवलमा शाखा विस्तार गरेको र चाँडै नेपालगन्जमा समेत शाखा खोल्ने तयारी गरिरहेको उनले सो अवसरमा जानकारी दिएका थिए । 

कार्यक्रममा एल्गीतर्फबाट उत्तर भारत तथा नेपाल हेर्ने औद्योगिक शाखा प्रमुख अरुणकुमार मासाले विश्वका १६ देशमा एल्गीले प्रत्यक्ष रूपमा कार्यालय खोलेर सेवा दिइरहेको र १ सयभन्दा बढी देशमा अधिकृत विक्रेतासँग कारोबार गरिरहेको जानकारी दिएका थिए । सोही कार्यक्रममा २२ किलोवाट र २६ किलोवाट क्षमताका दुई नयाँ एयर कम्प्रेसर सार्वजनिक गरिएको थियो । यी कम्प्रेसर सिमेन्ट र स्टिल उद्योगका उपयुक्त प्रधानले जानकारी दिए । 

कार्यक्रमा एल्गीका तर्फबाट उत्तर भारत तथा नेपाल हेर्ने औद्योगिक शाखा प्रमुख अरुणकुमार मासा, बिक्रीपछिको सेवा विभाग हेर्ने अशोक शर्मा, उत्तरी भारत र नेपालका लागि कन्ट्री हेड अंकुर सक्सेनाको सहभागिता रहेको थियो ।