मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार १५:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा थपियाे अतिरिक्त सुविधा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार १५:०४:००

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदान कर्ताले विगतमा पाएको सेवासुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताएका छन्। 

आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमा बोल्र्दै कार्यकारी निर्देशकले थप सुविधा प्रदान गर्ने व्यवस्था गरेको जानकारी दिए। 

उनले कोषको कार्यविधि परिमार्जन गरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ताहरुले पाइरहेको सेवासुविधा थप गरी १० घातक रोगको उपचारमा १० लाख रुपैयाँ दिने व्यवस्था गरेको बताए। 

निर्देशक ज्ञवालीले सामाजिक योगदानमा आधारित सुरक्षा कोषमा श्रीमानले याेगदान गर्दा श्रीमतीले पनि श्रीमानसरह उपचार खर्च पाउने व्यवस्था गरेको बताए। यस्तै, सुरक्षा कोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाउने गरी कोष अगाडि बढेको उनले बताए।
 
कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बढाउने काम भइरहेको बताउँदै उनले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरूका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाएको जानकारी गराए। उनका अनुसार मन्त्रालयले नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरू पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पाउनेछन्। उनले कोषले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको लागि कार्यविधिसमेत बनेको उनले बताए।

‘सामाजिक सुरक्षा कोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाएर अगाडि बढेका छौँ। जसमा पौष ५ गतेपछि श्रीमानले सामाजिक योगदानमा आधारित सुरक्षा कोषमा योगदान गर्दा उसको श्रीमतीले श्रीमानसरह उपचार खर्च पाउँछन्,’ उनले भने, ‘श्रीमतीले कोषमा योगदान गर्दा श्रीमानले पनि सुविधा पाउने व्यवस्था गरेको छ। त्यस्तै, कोष योगदान गर्ने योगदान गर्ने योगदानकर्तालाई कोषले दिने सुविधाको अतिरिक्त विभिन्न १० वटा घातक रोग लागेमा त्यसमा १० लाखसम्मको औषधि उपचारको अतिरिक्त व्यवस्था गर्ने भएको छ।’
 
उनले कोषले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको दुर्घटना खर्च, अशक्त आश्रित परिवारका लागि सुरक्षा योजना स्वीकृतको चरणमा रहेको बताए। पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन्। त्यसबाट हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ। जसमध्ये दुई अर्ब ५७ करोड रकम औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, अवकाश दाबीलगायत विभिन्न शीर्षकमा भुक्तानी गरिएको कोषले जनाएको छ।