मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १० शनिबार ११:०७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेश प्रदेश : शक्तिमा बसेकाहरु कसले निर्वाचन जिते, कसले हारे ?

Read Time : > 3 मिनेट
२०७९ मङ्सिर १० शनिबार ११:०७:००

मधेश प्रदेश सरकारका मन्त्रीदेखि मुख्यन्यायधिवक्ता प्रदेश सभा सदस्य निर्वाचनमा पराजित भएका छन् । मुख्यमन्त्री लालबाबु राउत सहित केही मन्त्री प्रदेश सभा सदस्यमा दोहोरिएका छन् । अधिकांश पूर्वराज्यमन्त्रीहरु पराजित भएका छन् । 

वहालवाला मन्त्री पराजित
मधेश प्रदेशका वहालवाला दुई शक्तिशाली मन्त्री पराजित भएका छन् । सप्तरी क्षेत्र नम्बर २(क) जसपाबाट प्रदेश सभामा उम्मेदवार रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह दोब्बर मतअन्तरले पराजित भए । अर्थमन्त्री साह जनमत पार्टीका सतिश कुमार सिंहसँग ८ हजार ४४२ मत अन्तरले पराजित भए । अर्थमन्त्री साहले ८ हजार २९२ मत पाए भने सतिशले १६ हजार ७३४ मत पाए ।

सिरहा क्षेत्र नम्बर २(क) बाट जसपाका मधेश प्रदेशका अर्का मन्त्री पराजित भए । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव पराजित भए । कृषिमन्त्री यादव जनमत पार्टीका केन्द्रीय सचिव संजय कुमार यादवसँग ६४४ मत अन्तरले पराजित भए । कृषि मन्त्री यादवले ११५२७ मत पाए भने जनमतका संजयले १२ हजार १७१ मत पाए ।

रौतहट क्षेत्र नम्बर ३(क) बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव पराजित भएका छन् । उद्योग राज्यमन्त्री राय स्वतन्त्र उम्मेदवार केशव रायसँग ४ हजार ६३३ मत अन्तरले पराजित भए । उद्योग राज्यमन्त्री रायले ७ हजार ६२२ मत पाए भने स्वतन्त्र उम्मेदवार केशवले १२ हजार २५५ मत पाए।

समाजिक विकासमन्त्री साह प्रतिनिधि सभामा निर्वाचित
सप्तरी क्षेत्र नम्बर १ जसपाबाट प्रतिनिधि सभा सदस्यमा मधेश प्रदेशका समाजिक विकासमन्त्री नवल किशोर साह निर्वाचित भएका छन् । समाजिक विकासमन्त्री साहले जनमत पार्टीका जयकान्त राउतलाई ३ हजार ५७२ मत अन्तरले विजयी भए । मन्त्री साहले २३ हजार ५६४ मत पाए भने जनमतका राउतले १९ हजार ९९२ मत पाए ।

मुख्यमन्त्री राउत, गृहमन्त्री साह, कानूनमन्त्री यादव विजयी
मधेश प्रदेशका वहालवाल मुख्यमन्त्री सहित दुईजना फूलमन्त्री विजयी भएका छन् । जसपाबाट पर्सा क्षेत्र नम्बर १(ख)बाट उम्मेदवार रहेका मुख्यमन्त्री लालबाबु राउत १ हजार ३३३ मत सहित विजयी भए । मुख्यमन्त्री राउतले नेपाली काँग्रेसका रामनारायण कुर्मीलाई पराजित गरे । मुख्यमन्त्री राउतले ७ हजार ५४५ मत पाए भने काँग्रेसका कुर्मीले ६ हजार २१२ मत पाए ।

यस्तै नेकपा एकीकृत समाजवादीवाट सिरहा क्षेत्र नम्बर ३(ख)बाट उम्मेदवार रहेका कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद कुमार यादव विजयी भएका छन् । मन्त्री यादवले नेपाली काँग्रेसका संजय प्रकाश यादवलाई १ हजार ९६२ मत अन्तरले पराजित गरे । मन्त्री यादवले ९ हजार ९७६ मत पाए भने काँग्रेसका संजयले ८ हजार १४ मत पाए ।

महोत्तरी क्षेत्र नम्बर १(ख)बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेका मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह विजयी भएका छन् । मन्त्री साहले जसपाका रामश्रेष्ठ महतोलाई २ हजार ५ सय मत अन्तरले पराजित गरे । मन्त्री साहले ८ हजार ३७१ मत पाए भने जसपाका महतोले ५ हजार ८७१ मत पाए ।

पूर्व मुख्यन्यायधिवक्ता झा पराजित
महोत्तरी क्षेत्र नम्बर ३(क) जसपाबाट उम्मेदवार रहेका मधेश प्रदेश सरकारका पूर्व मुख्यन्यायधिवक्ता दिपेन्द्र झा लोसपाका उम्मेदवार भौतिक पूर्वाधार विकास पूर्वराज्यमन्त्री अभिराम शर्मासँग पराजित भए । पूर्व मुख्यन्यायधिवक्ता झा १७४ मत अन्तरले पूर्वमन्त्री शर्मासँग पराजित भए । पूर्व मुख्यन्यायधिवक्ता झाले ९ हजार ७१८ मत पाए भने पूर्वमन्त्री शर्माले ९ हजार ८९२ मत पाए । 

पूर्वमन्त्री रामसरोज, जितेन्द्र, विरेन्द्र विजयी
मधेश प्रदेशका पूर्वमन्त्रीहरु विजयी भएका छ । धनुषा क्षेत्र नम्बर ३(क) नेपाली काँग्रेसबाट उम्मेदवार रहेका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव विजयी भएका छन् । पूर्वमन्त्री यादवले जसपाका जितेन्द्र कुमार यादवलाई ३ हजार ५७० मत अन्तरले पराजित गरेका छन् । पूर्वमन्त्री यादवले १७ हजार २९ मत पाए भने जसपाका जितेन्द्रले १३ हजार ४५९ मत पाए ।

महोत्तरी क्षेत्र नम्बर ४(क) नेपाली काँग्रेसबाट उम्मेदवार रहेका पूर्व महिला, बालबालिका युवा तथा खेलकूदमन्त्री विरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । पूर्वमन्त्री सिंहले नेकपा एमालेका रामबाबु रायलाई १ हजार ७७ मत अन्तरले पराजित गरे । पूर्वमन्त्री सिंहले १५ हजार ६९३ मत ल्याए भने एमालेका रामबाबुले १४ हजार ६१६ मत ल्याए ।

बारा क्षेत्र नम्बर ४(ख) लोसपाबाट उम्मेदवार रहेका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल विजयी भए । पूर्वमन्त्री सोनलले ५ हजार २२७ मत अन्तरले जसपाका आत्मराम प्रसाद साहलाई पराजित गरे । पूर्वमन्त्री साहले १३ हजार ५९६ मत ल्याए भने जसपाका आत्मरामले ८ हजार २६९ मत ल्याए ।

सभाभुख सरोज विजयी
बारा क्षेत्र नम्बर १(ख) जसपाबाट उम्मेदवार रहेका सभामुख सरोज कुमार यादव विजयी भएका छन् । सभामुख यादवले नेपाली काँग्रेसका नागेन्द्र प्रसाद कानुलाई ४ हजार ८८७ मत अन्तरले पराजित गरे । सभामुख यादवले १५ हजार ९२७ मत पाए भने काँग्रेसका नागेन्द्रले ११ हजार ४० मत पाए । 

पूर्वमन्त्री राय, यादव, मण्डल पराजित
सलार्ही क्षेत्र नम्बर २(क) बाट स्वतन्त्र उम्मेदवारी दिएका उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पराजित भएका छन् । पूर्वमन्त्री राय नेपाली काँग्रेसका जंगीलाल रायसँग ५ हजार ७४४ मत अन्तरले पराजित भए । पूर्वमन्त्री रायले २ हजार ५४६ मत ल्याए भने काँग्रेसका जंगीलालले ८ हजार २९० मत ल्याए ।

रौतहट क्षेत्र नम्बर १(ख) जसपाबाट उम्मेदवार रहेका भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव पराजित भए । पूर्वराज्यमन्त्री यादव नेपाली काँग्रेसका मधेश प्रदेश अध्यक्ष कृष्ण प्रसाद यादवसँग ६ हजार ७६० मत अन्तरले पराजित भए । पूर्वमन्त्री यादवले ५ हजार ७२९ मत ल्याए भने नेपाली काँग्रेसका प्रदेश अध्यक्ष यादवले १२ हजार ४८९ मत ल्याए ।

सिरहा क्षेत्र नम्बर ४(ख) जसपाबाट उम्मेदवार रहेका पूर्व उद्योग, पर्यटन तथा वन राज्यमन्त्री सुरेश कुमार मण्डल पराजित भएका छन् । पूर्वराज्यमन्त्री मण्डल ३६५ मत अन्तरले लोसपाका रामबाबु यादवसँग पराजित भए । पूर्वराज्यमन्त्री मण्डलले ९ हजार ३९८ मत ल्याए भने लोसपाका रामबाबुले ९ हजार ७६३ मत ल्याए ।