मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार १५:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँके १ (क)मा माओवादीकी कृष्णा केसी विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार १५:२७:००

बाँके प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क)मा नेकपा (माओवादी केन्द्र)की कृष्णा केसी विजयी भएकी छन्। २०७४ सालमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित केसी ९ हजार १०३ मतसहित पुनः विजयी भएकी हुन्।

केसीका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार ९६६ मत ल्याउँदा एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका उम्मेदवार नेन्द्रकुमार पौडेलले सात हजार २८५ मत पाएर तेस्रो भए। बाँकेमा माओवादी केन्द्रबाट विजयी हुने केसी एकमात्र उम्मेदवार हुन्।