मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ मङ्सिर ९ शुक्रबार १०:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछाप प्रदेश क मा माओवादीका उम्मेदवार श्रेष्ठ विजयी

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ मङ्सिर ९ शुक्रबार १०:३५:००

 रामेछापको प्रदेशसभा क तर्फ लोकतान्त्रिक गठवन्धनको तर्फवाट नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् । उनी १७ हजार एक  सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका शान्तिप्रसाद पौडेलले १५ हजार एक सय ५७ मत प्राप्त गरेका छन् । श्रेष्ठले एमालेका पौडेललाई एक हजार ९ सय ९१ मतले पछि पार्दै विजयी भएका हुन् । 

त्यसैगरी एउटा मात्र प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको रामेछापमा प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक गठवन्धनका उम्मेदवार पूर्णवहादुर तामाङ (कान्छाराम)ले २२ हजार एक सय ३९ मत प्राप्त गरेका छन् ।

उनको पिछा गर्दै नेकपा एमालेका कैलाश प्रसाद ढुंगेलले १३ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् । रामेछापको प्रदेश क को मतगणना सार्वजनिक भएसँगै प्रदेश सभा ख तर्फको मतगणना सुरु भएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको परिणाम आउन अझै केही दिन लाग्नेछ ।