१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल सुर्खेत
२०७९ मङ्सिर ९ शुक्रबार ०९:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस उपसभापति खड्काकाे पाँचौ पटक संसद्को यात्रा तय

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ मङ्सिर ९ शुक्रबार ०९:२२:००

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पाँचौ पटक संसदको यात्रा तय गरेका छन् । सुर्खेत क्षेत्र नम्बर १ प्रतिनीधि सभामा विजयी भएपछि उपसभापति खड्काले पाँचौ पटक संसदको यात्रा तय गरेका हुन् । उपसभापति खड्काले प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहलाई ११ हजार ६ सय १९ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । 

प्रतिनिधिसभा निर्वाचनमा खड्काले ४२ हजार ६०७  मत ल्याए भने एमालेका  शाहीले ३० हजार ९८८ मत ल्याए । यस्तै, मोहम्मद हसरत अली राष्ट्रिय स्वतन्त्र पार्टी ८९७ मत ल्याएर तेस्रो स्थानमा सिमित रहे । 

उपसभापति खड्का सुर्खेत १ बाट २०४८, २०५१, २०५६ मा  प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए । खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् भने युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भएका थिए ।