मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार ०९:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिरहा १ बाट एमालेका रामशंकर यादव विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार ०९:०१:००

सिरहाको प्रतिनितधिसभा सदस्य क्षेत्र नं. १ मा नेकपा एमालेका रामशंकर यादव दुई हजार ८३ मतान्तरसहित निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार क्षेत्र नं. १ मा एमालेका यादव २९ हजार चार सय ४२ मतसहित प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । 

यादवका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरेका छन् । जनमत पार्टीका युगलकिशोर साहले तेस्रो स्थानमा पछ्याउँदै छ हजार आठ सय ४९ मत प्राप्त गरे । 

कुल एक लाख छ हजार दुई सय एक मतदाता रहेको क्षेत्र नं. १ मा खसेको ६९ हजार आठ सय २६ मतमध्ये सदर ६६ हजार एक सय छ र तीन हजार सात सय १६ मत बदर भएको क्षेत्र नं. १ का सूचना अधिकारी अनिल रेग्मीले जानकारी दिए ।