मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार १३:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रत्यक्षतर्फ ताप्लेजुङको गणना सकियो, एमाले २ र कांग्रेस १ क्षेत्रमा विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १३:४८:००

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रत्यक्षतर्फको मतगणना सकिएको छ। 

प्रतिनिधिसभातर्फ नेकपा एमालेका योगेशकुमार भट्टराई निर्वाचित भएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का खेलप्रसाद बुडाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई दोस्रोपटक प्रतिनिधिसभा  सदस्यमा निर्वाचित भएका हुन्। खसेको कुल ४८ हजार २९३ मध्ये भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरे।

यता प्रदेश सभातर्फ क्षेत्र (क)मा एमालेका तिलकुमार मेन्याङ्बो भारी मतले निर्वाचित भएका छन्। उनले गठबन्धनबाट एकीकृत समाजवादीका खेमबहादुर वनेमलाई ४ हजार ३९ मतको अन्तरले पराजित गरेका हुन्। खसेको कुल २५ हजार ६७६ मतमध्ये मेन्याङ्बोले १२ हजार ७७२ मत प्राप्त गर्दा वनेमले ८ हजार ७३३ मत प्राप्त गरेका छन्।

त्यसैगरी, प्रदेश सभा क्षेत्र (ख)मा भने नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम निर्वाचित भएका छन्। एमालेका गोपाल थोप्रालाई १ हजार २४८ मतान्तरले पराजित गर्दै हाङ्गाम विजयी भएका हुन्। कुल २१ हजार ८०७ मत खस्दा हाङ्गामले १० हजार ४९६ र थोप्राले ९ हजार २४८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिइन्।

यता संघ र प्रदेशको प्रत्यक्षतर्फको मतगणना सकिएसंगै समानुपातिकतर्फको मत गणना गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत योङ्याले जानकारी दिइन्।