मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर ८ बिहीबार ०८:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाका आकांक्षी कांग्रेस नेता गुरुराज घिमिरे प्रदेशसभामा पराजित

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर ८ बिहीबार ०८:२९:००

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे पराजित भएका छन् । मोरङको ४ (क) बाट प्रदेश सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा गरेका घिमिरे एमालेका जयप्रकाश चौधरीसँग ४०४ मतले पराजित भएका हुन् ।

उनी प्रतिनिधिसभा सदस्यका आकांक्षी भएपनि सत्ता गठबन्धनमा सिट बाँडफाँटमा कुरा नमिलेपछि प्रदेशसभामा उम्मेदवार बनेका थिए । तर, गठबन्धनका बाबजुत उनी पराजित हुन पुगेका छन् । 

विजयी एमालेका जयप्रकाशले १५ हजार चार सय ६४ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका गुरुराजले १५ हजार ६० मत प्राप्त गरे । यहाँ राप्रपाका आशनारायण माझी थारुले ३ हजार नौ सय ३५ मत ल्याएका छन् । यो क्षेत्रमा प्रदेश सभा सदस्यका लागि जम्मा सात जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए ।