मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०८:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा राप्रपाको उदय, जगत सिंखडालाई हराउँदै प्रदेशसभामा डम्बर तामाङ विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०८:१३:००

धादिङ २ (ख) मा राप्रपाका उम्मेद्वार डम्बर बहादुर तामाङ निर्वाचित भएका छन् । उनी नेकपा माओवाद केन्द्रका नेता  जगत सिंखडालाई एक सय ३१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । यो क्षेत्रमा राप्रपालाई नेकपा एमालको समर्थन रहेको थियो ।

विजयी तामाङले १४ हजार चार सय ८१ र सिम्खडाले १४ हजार तीन सय ५० मत प्राप्त गरेका छन् । सोहि क्षेत्रमा मंगोल नेशनल अर्गनाईजेशनका उम्मेदवार सन्तोष कुमार तामाङले चार सय २४, नेपाली कांग्रेस विपीका सेतेमान घलेले दुई सय ८५, जनता समाजवादी पार्टी नेपालका इमान तामाङले दुई सय ४३, नेपाल मजदुर किसान पार्टीका शिवराम किजुले ६५ मत प्रात गरेका छन् ।