Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०८:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेख–१ मा एकीकृत समाजवादीका अमरबहादुर थापा विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०८:०१:००

दैलेखको निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा एकिकृत समाजवादीका अमरबहादुर थापा विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएका थापाले १८ हजार दुई  सय ५६ मत प्राप्त गरेका छन् । थापा ८ सय ४९ बढी मतले विजयी भएका छन् ।

थापासँग चुनावी प्रतिश्प्रर्धामा उत्रिएका नेकपा (एमाले) का रबिन्द्रराज शर्माले १७ हजार चार सय सात मत प्राप्त गरेका छन् । शर्मा यस अघि २०७४ सालमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए । 

नेकपा एमालेका अध्यक्ष समेत रहेका रबिन्द्रराज शर्मा र विजयी अमरबहादुर थापा विगत ३० बर्ष अघिदेखि नेकपा एमालेको राजनीतिमा एउटै सहयात्रीका रुपमा परिचित व्यक्तिहरु हुन् । विजयी थापा विसं २०७० सालमा संविधान सभा सदस्य र २०७४ मा प्रदेशसभामा सदस्यका लागि नेकपा एमालेबाटै निर्वाचन लडेर विजयी भएका थिए । 

कर्णाली प्रदेश सभा सदस्य रहेकै बेलामा थापा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए, कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर एमालेको सत्ता समिकरण धरापमा परेको थियो । थापा अहिले एकिकृत समाजबादीका कर्णाली प्रदेश अध्यक्ष रहेका छन् । दैलेखको निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा ४० हजार तीन सय ८७ मत खसेको थियो । खसेको कूल मत मध्ये १६ सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले जानकारी दिएको छ ।