मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०६:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महोत्तरीको ३ ख बाट पुनः निर्वाचित भइन रानी शर्मा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०६:१३:००

महोत्तरीको प्रतिनिधिसभा क्षेत्र ३ को ख बाट उम्मेदवार बनेकी  राष्ट्रिय लोकतान्त्रिक पार्टी (लोसपा) की रानी शर्मा तिवारी पुनः निर्वाचित भएकी छिन । उनी ६ हजार चार सय १४ मतका साथ निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार उज्वल झाले पाँच हजार चार सय ८९ मत ल्याएका छन् ।

उनी नौ सय २५ मतको मतान्तरले विजयी भएकी हुन् । क्षेत्र ३ ख मा कुल खसेको मत २९ हजार चार सय ३२ मतमध्ये एक हजार एक सय७४ मत बदर हुँदा २८ हजार दुई सय ५८ मत सदर भएको हो ।