मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ७ बुधबार १९:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्लामा सहकर्मीलाई पराजित गर्दै कांग्रेसकै ‘बागी’ विजयी  

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १९:३८:००

कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गर्दै कांग्रेसकै बागी उम्मेदवार देवेन्द्रबहादुर शाही जुम्ला प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ निर्वाचित भएका छन्। 

सत्तागठन्धनबाट प्रदेश (क) मा उम्मेदवार बनेका कांग्रेस प्रदेश सभापति शाही ०५१ र ०५६ सालको चुनावमा बागी उम्मेदवार बनेका थिए। 

त्यतिवेला लाल हमाल र दीनबन्धु श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएको थियो। पछि ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शाही निर्वाचित भएका प्रदेश सभापति शाहीलाई कांग्रेसकै बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीले पराजित गरेका हुन्।

प्रदेश सभा (क) तर्फ खसेको २४ हजार ६५५ मध्ये शाही ९ हजार ६५४ प्राप्त गरी विजयी भएका हुन्। एक हजार ८९९ मतान्तर छ।  

यस्तै, गठबन्धनका साझा उम्मेदवार कांग्रेस प्रदेश सभापति ललितजंग शाहीले ७ हजार ७५५ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका धीरेन्द्रराज गिरीले ५ हजार ४७० मत प्राप्त गरेका छन्। नेमकिपाका राजेश्वर देवकोटाले ६९४ मत प्राप्त गरेका छन्। बदर एक हजार ८२ मत छ। 

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचन भए। उनी पनि कांग्रेसकै नेता हुन्। कांग्रेस पार्टीले मेयर पदमा पदमबहादुर शाहीलाई उम्मेदवार बनाएको थियो। ०७४ को प्रदेश सभा निर्वाचनमा प्रदेश (क) बाट माओवादीका नरेश भण्डारी निर्वाचित भएका थिए। 
 
निर्वाचित सांसद शाही चन्दननाथ नगरपालिका– १० वारकोटेबाडामा जन्मेका हुन्। बुबा नरवीर शाही र आमा कला शाहीको कोखबाट २०१९ कात्तिक १९ गते जन्मिएका शाहीले जुम्लाको कर्णाली प्राविधिक शिक्षाबाट प्राविधिक शिक्षा हासिल गरेर सिटिइभिटीमा करिब १५ वर्ष जागिर गरेका थिए।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धन हुँदा प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए। त्यतिबेला कांग्रेसको मत ११ हजार मात्रै हुँदा लोकप्रियताका कारण १४ हजार २ सय मत ल्याएर पराजय भएका थिए। 

निर्माण व्यवसायीको पृष्ठभूमिबाट राजनीतिमा आएका शाही समयमै गुणस्तरीय पूर्वाधार संचना निर्माण गर्ने निर्माण व्यवसायीमध्ये एक हुन्। उनको सरल स्वभाव र जनमैत्री काम गर्ने शैलीका कारण स्वतन्त्र उम्मेदवारी दिँदा पनि लोकप्रिय मत पाउन सफल भएको शाहीको दाबी छ।

पार्टीले टिकट नपत्याएपछि स्वतन्त्र (बागी) उम्मेदवारी दिएका शाही हाल लोकप्रिय मतले विजयी भएका शाहीले निर्वाचित भइसकेपछि पत्रकारसँग बोल्दै आफ्नो जित नै समग्र जनताको जित भएको बताएका छन्। 

जुम्लाको आर्थिक समृद्धी, रोजगारी सिर्जना, दिगो विकासका सबालमा बौद्धिक वर्गसँगको छलफल, परामर्शबिना कुनै पनि काम अघि नबढाउने प्रतिबद्धता गरेका छन्। नीति निर्माणमा पहिलो प्रथामिकता दिने भन्दै जुम्लाको स्वास्थ्य, शिक्षा, पर्यटन प्रवर्द्धनका लागि अल्पकालीन, दीर्घकालीन योजना निर्माण जोड दिने उनले बताए।