मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ७ बुधबार १८:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १८:५४:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी भएका छन्। कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै ओली छैठौँपटक संसद् निर्वाचित भएका हुन्। 

ओलीले ५२ हजार ३१९ मत पाउँदा अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए। ओली २०४८ सालबाट निरन्तर यो क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्।

उनी ०६४ सालमा मात्र पराजित भएका थिए। ओलीले ०७४ मा पनि डा. अधिकारीलाई नै पराजित गरेका थिए।