मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक भट्ट मन्थली
२०७९ मङ्सिर ७ बुधबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापमा कांग्रेसका तामाङको अग्रता कायमै 

Read Time : < 1 मिनेट
दीपक भट्ट, मन्थली
२०७९ मङ्सिर ७ बुधबार १५:०२:००

एउटा मात्रै प्रतिनिधिसभा रहेको रामेछापमा लोकतान्त्रिक गठबन्धनतर्फका कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले अग्रता कायमै राखेका छन्। 

रामेछापमा १३ हजार ८ सय ४५ मतगणना हुँदा लोकतान्त्रिक पार्टी कांग्रेसबाट उम्मेदवार वनेका पूर्णबहादुर तामाङ (कान्छाराम)ले ६ हजार ७ सय ६७ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ५ हजार ५२ मत प्राप्त गरेका छन्। 

ढुंगेललाई १७१५ मतको अन्तरले पछि पार्दै कांग्रेसका उम्मेदवार तामाङले अग्रता लिइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर घिसिङले ५ सय १३ मत प्राप्त गरेका छन्। 

प्रदेश सभातर्फ प्रदेशसभा (क) मा नेकपा एमालेका शान्तिप्रसाद पौडेलले ५ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने  माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठले ४ हजार ९ सय ९७ मत प्राप्त गरेका छन्।

त्यसैगरी प्रदेससभा सदस्य पदमा राप्रपाका हिक्मत वहादुर सुनुवारले १ हजार ९ सय १५ मत प्राप्त गरेका छन् । त्यस्तै एकिकृत समाजवादी पार्टीका उम्मेदवार रमेश कुमार वस्नेतले २ सय ८४ मत प्राप्त गरेका छन् । मतगणना अहिले पनि जारी रहेको छ ।