मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ७ बुधबार १४:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपल्लो डोल्पामा चुनावका लागि खटिएका १३५ कर्मचारी अलपत्र

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १४:४६:००

निर्वाचनका लागि उपल्लो डोल्पा खटिएका कर्मचारी अलपत्र परेका छन्। शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मध्ये १२ मतदान केन्द्रका १३५ कर्मचारी अलपत्र परेका हुन्।

डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले निर्वाचन सकिए पनि उपल्लो डोल्पामै रहेका कर्मचारीलाई हेलिकोप्टरमार्फत् सदरमुकाम ल्याउने तयारी भएको बताए। बुधबार बिहान मात्र उपल्लो डोल्पाबाट मतपेटिका र १० कर्मचारीलाई हेलिकोप्टरमार्फत् सदरमुकाम ल्याइएको थियो। यसअघि कर्मचारी हेलिकोप्टरमार्फत् नै उपल्लो डोल्पा पुगेका थिए।

शे–फोक्सुण्डो गाउँपालिका–१ को वासस्थित सहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको बताए। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने र सास फेर्न गाह्रो भएको बोहराले बताए। उपल्लो डोल्पामा हिमपातसँगै चिसो बढ्दै गएको छ।