मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ चैत १७ आइतबार १८:५८:००
Read Time : < 1 मिनेट
प्रदेश

पोखरामा परेकाे असिनाले किसानको बाली नोक्सान

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत १७ आइतबार १८:५८:००

विगत दुई दिन असिना पर्दा पोखरालगायत क्षेत्रका बालीनालीका र फलफूल खेतीमा ठूलो क्षति पुगेको छ । हावाहुरी र वर्षासँगै असिना परेपछि खेतमा लगाइएका गहुँबाली, तरकारी, लिच्ची, आँप र सुन्तलामा क्षति पुगेको पोखरा–२१ का कृषक टीकाराम भण्डारीले जानकारी दिए । 

आइतबार अपरान्ह वर्षासँगै परेको असिनाले पोखराका सडकहरु करीब १५ मिनेटसम्म ढाकिएका थिए । वर्षासँगै असिना परेपछि पोखरामा जाडो बढेको छ । यसैबीच रुपा गाउँपालिकामा असिनाले तरकारी र फलफूल खेतीमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए  । तरकारीका टनेल, फलफूल बालीमा क्षति पुग्नुका साथै केही घरको छानामा राखिएका पानीको ट्याङ्कीसमेत असिनाका कारण फुटेको उनले बताए ।