१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ मङ्सिर ७ बुधबार ०७:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुर्खेतमा कांग्रेसका थानीले गरे ‘ह्याट्रिक’

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार ०७:१३:००

नेपाली कांग्रेसका नेता हृदयराम थानीले सुर्खेत प्रतिनिधिसभा २ बाट ‘ह्याट्रिक’ पुरा गरेका छन् । २०५१ सालदेखि नै सुर्खेत–२ बाट निर्वाचन लड्दै आएका थानीले यो पटक विजयी भएर ‘ह्याट्रिक’ पुरा गरेका हुन् ।

सुर्खेत–२ का नेपाली थानीको पक्षमा ३४ हजार ६ सय २५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम् प्रतिद्धन्द्धी नेकपा (एमाले)का जिल्ला अध्यक्ष अमृतकुमार विसीलाई १९ हजार पाँच सय ५८ मत ल्याएका थिए । कुल खसेको ७६ हजार तीन सय ५२ मतमध्ये थानीले विसीलाई पाँच हजार ६७ मतान्तरले पराजित गरेका छन् । 
थानीले २०७४ मा नेकपा एमालेसँगको हारको बदला यो पटक थानीले त्यही गठबन्धनको बलमा लिएका छन् । वाम गठबन्धन हुँदा ०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थानीले यो पटक वाम लोेकतान्त्रिक गठबन्धनकै बदलामा विजयी भएका छन् । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए  ।