मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ यादव सप्तरी
२०७९ मङ्सिर ६ मंगलबार २२:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरी २ मा जसपा कार्यकर्ताको नारावाजी

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
२०७९ मङ्सिर ६ मंगलबार २२:०६:००

सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ को कार्यालयअगाडि जसपा र माओवादीका कार्यकर्ताले नारावाजी गरिरहेका छन् । 

मतगणनाको क्रममा मतपेटिकको शिल नमिलेको भन्दै उनीहरूले छानबिनको माग गर्दै नारावाजी गरेका हुन् । 

मतगणना जारी रहँदा आज राजविरान नगरपालिका वडा नम्बर ३ स्थित ख केन्द्रको मतपेटिकामा लगाइएको सिल नमिलेपछि मिलाउन आग्रह गर्दा प्रमुख निर्वाचन अधिकृतले मतपेटिका लुकाएको उनीहरूले आरोप लगाएका छन् । 

गणनामा बसेका जसपाका प्रतिनिधि त्यसपछि छानबिनको माग गर्दै बाहिरिएका थिए । उनीहरूले विश्वसनीय छानबिन नभए गणना अस्वीकार गर्ने चेतावनी दिएका छन् ।