मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ६ मंगलबार १०:५१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साउदी अरेबियालाई मेसीको डर

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार १०:५१:००

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई रोक्ने दाउमा साउदी अरेबिया

कोपा अमेरिका च्याम्पियन भएपछि उत्कृष्ट प्रदर्शन जारी राखेको अर्जेन्टिनाले मंगलबार साउदी अरेबियासँग खेल्दै कतार विश्वकप यात्रा सुरु गर्दै छ । कोपा अमेरिकापछि प्रशिक्षक लियोनल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना ३६ खेलसम्म अपराजित छ । विश्वकपमा पनि यही फर्म जारी राख्ने अर्जेन्टिनाको लक्ष्य छ । अर्जेन्टिनाको नजर तेस्रोपटक विश्वकप उपाधि जित्ने हो । सन् १९८६ पछि अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको छैन । यसबीचमा अर्जेन्टिना दुईपटक फाइनलमा पुग्यो । 

अर्जेन्टिना मेसीले विगतका विश्वकपमा गरेको प्रदर्शन सम्झन चाहँदैन । तर, कतार विश्वकपमा अर्जेन्टिना साउदीसँग खेल्दै महत्वपूर्ण तीन अंक बटुल्न चाहन्छ । दुई राष्ट्रबीच चार खेल भएका छन् । अर्जेन्टिनाले दुई खेल जितेको छ । अर्जेन्टिना र साउदी अरेबियाले दुई खेल बराबरी निकालेका छन् । अन्तिमपटक सन् २०१२ नोभेम्बरमा यी दुई राष्ट्रबीच भेट भएको थियो । सो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । 

मेसी कप्तानीको अर्जेन्टिना टोलीको जितमा मात्रै सन्तुष्ट रहँदैन । गोल स्कोरसम्म बढाउने योजनामा छ । यद्यपि, मेसी पहिलो अभ्यासमा समावेश भएनन् । तर, स्कालोनीलाई यसले कुनै प्रभाव बनाएको छैन । मिडफिल्डर लिओभानी लो सेल्सो चोटका कारण बाहिर छन् । जसको स्थानमा ब्राइटनका एलेक्स म्याक एसिस्टरलाई बोलाएको छ । मेसीसँगै साउदीविरुद्ध जुलियन अल्भारेज र लौटारो मार्टिनेज सँगै अग्रपंक्तिमा देखिनेछन् । 

अर्जेन्टिनाविरुद्ध साउदीका सबै खेलाडी फिट छन् । दुईपटकको पूर्वविजेता अर्जेन्टिनाविरुद्ध साउदीलाई गाह्रो हुनेछ । साउदीको प्रयास नै अर्जेन्टिनालाई रोक्ने हो । मेसीलगायत खेलाडीको उत्कृष्ट प्रदर्शन जारी रहँदा साउदीलाई निकै डर छ । विश्वकपअघि भएको अभ्यास खेलमा साउदी क्रोएसियासँग १–० ले पराजित भएको थियो । अर्जेन्टिना फिफा वरीयतामा तेस्रो र साउदी भने ५१औँ स्थानमा छ ।