१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल सुर्खेत
२०७९ मङ्सिर ६ मंगलबार ०९:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आइतबार रोकिएको सुर्खेतको सिम्ता–६ मा पुन: मतदान शुरु

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ मङ्सिर ६ मंगलबार ०९:२८:००

आइतबार स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिका–६ मा रहेको सिम्ता बहुमुखी क्याम्पसमा पुनः मतदान शुरु भएको छ ।प्रतिनिधिसभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा खसाएको पाएपछि सो केन्द्रमा मतदात स्थागित गरिएको थियो ।

मतदान अधिकृतको गल्तिका कारण प्रतिनिधिसभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेको थियो । त्यसपछि सर्वदलिय बैठकले पुनः मतदान गर्न दिएको सुझावअनुसार निर्वाचन कार्यालयले मंगलबार बिहान ७ बजेबाट पुनःमतदान शुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुर्खेतका अनुसार सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा २ हजार ९ सय मतदाता रहेका छन् ।