Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ४ आइतबार १०:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कैलालीका ११ ठाउँमा शंकास्पद वस्तु फेला

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ४ आइतबार १०:३६:००

कैलालीका ११ वटा ठाउँमा बम र शंकास्पद बस्तु फेला परेको छ। हिजो रातिदेखि अहिलेसम्म जिल्लाका विभिन्न स्थानमा ११ वटा शंकास्पद वस्तु फेला परेको र तिनलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले बताए।

सबै मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको उनले बताए। धनगढी उपमहानगरपालिका–२, शारदा मावि मतदान केन्द्रबाहिर विस्फोटक पदार्थ पड्किएको छ। 

त्यहाँ कुनै मानवीय क्षति भने भएको छैन। उक्त केन्द्रमा मतदान सुचारु छ। विस्फोटक पदार्थ पड्किएपछि प्रमुख जिल्ला अधिकारी किरण थापा र प्रहरी उपरिक्षक राठौर त्यहाँ पुगेका थिए।

शारदा माविको मतदान केन्द्रको सुरक्षामा डीएसपी बेदप्रकाश जोशी खटिएका थिए। त्यस्तै मसुरियाको बडैपुरस्थित नेपाली सेनाको ब्यारेक नजिकै प्रेसर कुकर बम फेला परेको छ। उक्त बमलाई सेनाको टोलीले निस्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। कैलारी गाउँपालिकालगायत विभिन्न ठाउँमा हिजो रातीदेखि शंकास्पद वस्तु फेला परेका हुन्।

निर्वाचन विथोल्न खोज्ने समूहले विस्फोटक पदार्थ राखेको हुनसक्ने प्रहरीको अनुमान छ। केही ठाउँमा शंकास्पद वस्तु भेटिए पनि जिल्लाका कुनै पनि ठाउँमा निर्वाचन नरोकिएको र सबै ठाउँमा शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।