मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ४ आइतबार ०९:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटका दुई बुथमा दुई पक्षबीच विवाद, हवाई फायरपछि मतदान अघि बढ्यो

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ४ आइतबार ०९:५५:००

रौतहटका दुई स्थानमा मतदान चलिरहेका वेला बुथमा दुई पक्षबीच भएको विवाद बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ । 

गुजरा– ४  र गरुडा बजारमा प्रहरीले हवाइ फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यलय रौतहटले जुगरा– ४ स्थित कनकपुर बुथमा दुई पक्षबीच विवाद बढ्दै गएपछि एक राउन्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिई मतदान अघि बढाइएको जानकारी दिएको छ । 

गरुडा नगरपालिकाको गरुडा बजारमा पनि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । मतदानस्थलमा खटिएका सुरक्षाकर्मीलाई निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै गोली चलाउने अधिकार दिइएको छ ।