१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
युएईसँगको तीन एकदिवसीय क्रिकेट शृंखला जितेपछि नेपाली क्रिकेटरहरू । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार १५:४३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘ट्रयांगुलर सिरिज’ नेपाललाई, युएई ६ विकेटले पराजित

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार १५:४३:००

युएईसँगको तीन एकदिवसीय क्रिकेट शृंखला नेपालले जितेको छ । अन्तिम तथा निर्णायक खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले शृंखला जितेको हो । 

युएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा ४०.१ ओभरमा पूरा गर्‍यो । नेपाललाई जित दिलाउन प्रारम्भिक ब्याटर आशिफ शेख र मध्यक्रमका ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले । आफिस ८८ रन बनाएर अविजित रहे । ज्ञानेन्द्रले तीन छक्का र सात चौकाको सहयोगमा ७३ बलमा ६४ रन बनाए ।  

अर्का प्रारम्भिक ब्याटर अर्जुन साउथले नाै, कप्तान रोहित पौडेलले १० रन बनाए भने दीपेन्द्रसिंह ऐरी शून्य रनमा रनआउट भए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले ५० ओभरमा नाै विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो । युएईलाई सामान्य लक्ष्यमा रोक्न नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । युएईले एक समय ९३ रनमै ९ विकेट गुमाइसकेको थियो । एक समय ९२ मा पाँच विकेटको अवस्थामा रहेको युएईले एक रन बनाउँदा थप चार विकेट गुमाएको थियो । तर, त्यसपछि अन्तिम विकेटमा युएईले ८३ रनको साझेदारी गर्‍याे । 

आयन अफ्जल खान ५४ रनमा नटआउट भए भने हजरत विलावलले २० रन बनाएर अन्तिमसम्म साथ दिए । ३१ ओभरभित्रै नौ विकेट गुमाएको युएईले बाँकी १९ ओभरमा कुनै विकेट गुमाएन । 

खेलमा नेपालका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । ललित राजवंशी र सोमपाल कामीको नाममा एक–एक विकेट रह्यो । युएईका लागि पाँच खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलोपटक कप्तानी सम्हालेका रोहित पहिलो नेतृत्वमै शृंखला जित्न सफल भए ।