मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर २ शुक्रबार ११:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थी साफ जितेर फर्केपछि डिभाइनको खुसीयाली

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २ शुक्रबार ११:३५:००

बंगलादेशमा भएको नवाैँ ‘अन्डर– १५’ साफ महिला फुटबलमा नेपाललाई प्रथम बनाएर फर्केका दाङका दुई खेलाडीलाई सम्मान गरिएको छ। तुलसीपुर– ६ स्थित डिभाइन टेम्पल एकेडेमीमा अध्ययनरत राधिका वली र अञ्जना पुनलाई बाजागाजासहित बजार परिक्रमा गराएर सम्मान गरिएको हो।

खेलमा नेपालको तर्फबाट सानदार प्रदर्शन गर्दै प्रथम भएको भन्दै सम्मान गरिएको हो। उनीहरूले जनही पाँच लाख पुरस्कार र आउने–जाने भाडा साढे दुई लाख प्राप्त गरेका थिए।

‘हाम्रा विद्यार्थी साफ गेम खेलेर फर्केपछि हामी थप उत्साहित भएका छौँ। हाम्रा उत्पादनहरू देशको प्रतिनिधित्व गर्ने साफ गेम खेल्न सफल हुनु हाम्रा लागि गर्वको कुरा हो,’ विद्यालयका संस्थापक निर्देशक भोजराज न्यौपानेले भने । नेसनल प्याब्सनका केन्द्रीय सहअध्यक्ष सुवास न्यौपानेले विद्यालयले खेलकुदमा पनि विद्यार्थीलाई सहभागी गराउनुपर्ने धारणा राखे।

कार्यक्रममा नवाैँ राष्ट्रिय फुटबल प्रतियोगितामा लुम्बिनीलाई प्रतिनिधित्व गर्दै सहभागी भएकी संगीता विक, दीपा पुनमगर, जुना छिनाल र टीका केसीलाई पनि सम्मान गरिएको थियो।