मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक भट्ट रामेछाप
२०७९ मङ्सिर १ बिहीबार १६:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतदान अधिकृतहरू सामग्री बुुझेर मतदानस्थलमा

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ मङ्सिर १ बिहीबार १६:४४:००

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा एवं प्रदेश सभा सदस्य निर्वाचनका लागि खटिएका मतदान अधिकृत र अन्य कर्मचारीहरू आवश्यक सामग्री लिएर मतदानस्थल पुगेका छन्।

मुख्य निर्वाचन कार्यालय रामेछापले निर्वाचन सम्पन्न गराउन जिल्लामा एक हजार आठ सय १७ कर्मचारी खटाएको छ। जिल्ला निर्वाचन कार्यालयबाट आवश्यक निर्वाचन सामग्री बुुझेर कर्मचारी मतदानस्थल र मतदान केन्द्रमा खटिएका हुन्।

मतदान गराउन खटिएका कर्मचारीलाई ६० प्रकारका निर्वाचन सामग्री प्रदान गरिएको रामेछापका निर्वाचन अधिकृत मधुकरकुमार शाहले जानकारी दिए। जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ। जसमा एक लाख ८० हजार एक सय ६ मतदाताले मतदान गर्नेछन्।

जिल्लामा ९६ मतदानस्थल र दुई सय २६ मतदान केन्द्र निर्धारण गरिएको छ। ती मतदान केन्द्रको सुरक्षाको लागि करिब २५ सयको संख्यामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।