Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १ बिहीबार १६:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा ४४ दिनपछि विद्युत् आपूर्ति सुचारु

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १ बिहीबार १६:२०:००

अविरल वर्षाले अवरुद्ध बनेको हिल्दुम साना लघुजलविद्युत् आयोजना ४४ दिनपछि बल्ल मर्मत भएको छ। बाढीले आयोजनाको पाइप बगाएपछि हिमाली जिल्ला हुम्ला डेढ महिनासम्म अँध्यारोमा बस्न बाध्य थियो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त पहलमा ४४ दिनपछि जिल्ला सदरमुकाम सिमकोटमा बत्ती बलेको हो। 

बाढीले दुई स्थानमा आयोजनाको पाइप बगाएपछि लामो समयसम्म विद्युत् आपूर्ति ठप्प भएको थियो। डेढ महिनापछि मर्मत गरेपछि विद्युत् आपूर्ति सुरु भएकाे लघुजलविद्युत् योजना कार्यालयले जनाएको छ।