मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १ बिहीबार १५:५१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से २५ अंकले बढ्यो, कारोबार रकम डेढ अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १ बिहीबार १५:५१:००

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा वृद्धि भएको छ। बिहीबार नेप्से २५.५७ अंकले बढेर एक हजार नाै सय ३६.८३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.४९ तथा फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स दुवै १.८० अंकले बढेका छन्।

बिहीबार कारोबारमा आएका दुई सय २३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता सेयर एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार भएको छ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै, लगानी, विकास बैंक, अन्य  र निर्जीवन बिमा उपसमूहको परिसूचक एक प्रतिशतभन्दा धेरैले बढेको छ।

नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र  सयपत्री हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, फरवार्ड माइक्रो फाइनान्सको सेयरमूल्य २.९७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ।