Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १ बिहीबार १५:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिक स्थायित्वका लागि आफ्ना उम्मेदवारलाई विजयी गराउन सत्तागठबन्धनकाे आह्वान

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १ बिहीबार १५:३०:००

सत्तारूढ गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि आफ्ना उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ। सत्तागठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्।

लोकतान्त्रिक–वाम गठबन्धनको पक्षमा देशभर जनलहर आएको सत्तारूढ गठबन्धनको दाबी छ। प्रतिनिधिसभा विघटन र भ्रष्टाचारमा लिप्त भएर स्वेच्छाचारी कदम चालिएपछि गठबन्धन बनाउनुपरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई–दुईपटक गरेको प्रतिनिधिसभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनुकाे सट्टा भ्रष्टाचारमा निर्लिप्त हुँदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध ०७८ असारमा यो गठबन्धन बनाउन परेको विदितै छ।’

गठबन्धनको बहुमतबाटै भोलिको सरकार गठन हुने र त्यसैले राजनीतिक स्थायित्व दिने भन्दै वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन विज्ञप्तिमा आह्वान गरिएको छ।