Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १ बिहीबार १४:१२:००
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु. चार सयले घटेको छ। अघिल्लो दिन प्रतितोला रु. ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९८ हजार तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार पाँच सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार नौ सय थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार दुई सय ८५ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।