१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हर्षवर्द्धन त्रिपाठी
२०७५ चैत १७ आइतबार ०८:४४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

क्षेत्रीय दलको जालबाट निस्कँदै कंग्रेस 

Read Time : > 2 मिनेट
हर्षवर्द्धन त्रिपाठी
२०७५ चैत १७ आइतबार ०८:४४:००

क्षेत्रीय दल कंग्रेसकै प्रधानमन्त्री बने भने पनि उसको सास हरेक समय आफ्नो समर्थनमा रोकियोस् र चलोस् भन्ने चाहन्छन्
नरेन्द्र मोदीलाई प्रधानमन्त्रीबाट हटाउने इच्छा राखेका राजनीतिक दल र बुद्धिजीवी अचानक छटपटिन थालेका छन् । कारण मोदी होइनन्, राहुल गान्धी हुन् । मोदीविरुद्ध जेसुकै गर्न तयार हुने गान्धीको राष्ट्रिय पार्टी कंग्रेस क्षेत्रीय दलसँग झुक्न तयार देखिन्न । क्षेत्रीय दलसँग झुकेरै भए पनि सम्झौता गर्न चाहने राहुल र पार्टी महासचिव प्रियंका गान्धीले मध्यप्रदेश, छत्तिसगढ र राजस्थानको विधानसभा निर्वाचनपछि बुझे, भाजपाको तुलनामा क्षेत्रीय दल उनीहरूको टाउको दुखाइ बनेका छन् । 

जब भाजपाले कंग्रेससँग सत्ता खोस्न सुरु ग-यो तब कंग्रेस पनि क्षेत्रीय दल र त्यसप्रति सहानुभूति राख्ने बुद्धिजीवीको कमजोर सरकार बनाउने विचारमा फस्यो । भाजपालाई हराउन ऊ कुनै पनि पार्टीसँग गठजोड गर्न तयार भएको देखियो । त्यसपछि क्षेत्रीय दलहरूले कंग्रेसलाई दबाब दिन थाले । क्षेत्रीय दलप्रति सहानुभूति राख्ने बुद्धिजीवीले देशमा भाजपाविरोधी गठबन्धन तयार गर्ने दायित्व कंग्रेसलाई दिए । लेख र टेलिभिजन बहसमा यस्तो बुद्धिजीवी कंग्रेसले आफ्नो जिम्मेवारी ठीक ढंगले निभायो भने सबै मिलेर मोदीलाई हराउने उद्घोष गरिरहेका छन् । उनीहरू गठजोडको आकार हरेक राज्यको हिसाबले बनाउने बताइरहेका छन् ।

क्षेत्रीय दलको उभारकै भरोसामा मोदीलाई हराउने इच्छा राखेका समूहले पश्चिम बंगालमा मोदीसँग लड्ने क्षमता ममता बेनर्जी र ओडिसामा नवीन पटनायकसँग मात्रै रहेको बुझे । यसैले बंगालजस्तै ओडिसामा पनि कंग्रेस लगभग शून्य सिटमै समेटिने भयो । 

पाँच सय ४३ सिटको लोकसभामा भाजपा सबै राज्यमा बलियो रूपमा लड्दै छ । क्षेत्रीय दलको लोकप्रियता चाहनेहरूको जालमा फसेको कंग्रेसका लागि अपमानजक स्थिति तब पैदा भयो, जब युपीमा राष्ट्रिय लोकदललाई पनि तीन सिट दिने सपा–बसपा गठबन्धनले कंग्रेसका लागि दुई सिट मात्रै छाड्यो । बिहारमा आरजेडीले कंग्रेसलाई आठभन्दा धेरै सिट दिन नसक्ने बताइरहेको छ । 

क्षेत्रीय दल २०१९ मा निकै कमजोर सरकार बनोस् भन्ने चाहन्छन् । एउटा यस्तो सरकार, जहाँ कंग्रेसकै प्रधानमन्त्री बने भने पनि उसको सास हरेक समय क्षेत्रीय दलको समर्थनमा रोकियोस् र चलोस् । यसको संकेत अहिल्यै देखिन थालिसकेको छ । 

क्षेत्रीय दलको लोकप्रियता चाहनेहरूको जालमा फसेको कंग्रेसलाई गठबन्धनले युपीमा दुई सिट मात्रै छाडेपछि उसले आफ्नो अपमान भएको महसुस गरेको हुनुपर्छ

सबैले कंग्रेसलाई त्यागी बनाएर सबै ताकत क्षेत्रीय दलको हातमा दिन चाहिरहेका छन् । तर, तीन राज्यमा सरकार बनेपछि कंग्रेसले क्षेत्रीय दल र त्यसैको आधारमा शक्ति हासिल गरेका बुद्धिजीवीको षड्यन्त्र बुझेको हुनुपर्छ । कंग्रेस अहिले बदलिएकोजस्तो देखिन्छ । पहिलोपटक महासचिव प्रियंका लखनउ पुगिन् र उनले राहुलसँग जे भनिन्, त्यसलाई राम्ररी बुझ्नु जरुरी छ । 

राहुलले भनेका छन्– प्रियंका र ज्योतिरादित्य सिन्धिया लोकसभा चुनावपछि पनि यहीँ बसेर पार्टी बलियो बनाउन लागिपर्नेछन् । संगठन खडा गरेर २०२२ को निर्वाचन तयारी गर्नेछन् । वर्ष २०१९ को लोकसभा चुनावको पूर्वसन्ध्यामा २०२२ को कुरा गर्ने राहुल–प्रियंकाको अगुवाइमा रहेको ‘प्रियल कंग्रेस’लाई भलै राजनीतिक विश्लेषकले बुझेका छैनन् । तर, रणनीतिक रूपमा यसलाई अर्को दृष्टिकोणबाट पनि हेर्नुपर्छ । कंग्रेसका लागि अहिलेको सबैभन्दा ठूलो संकट आफ्नै जमिन बचाउनु हो । त्यसैले ‘प्रियल कंग्रेस’ अहिले यही रणनीतिबाट काम गर्दै छ । 

राहुल र प्रियंकालाई राम्ररी थाहा छ, २०१९ को लडाइँमा मोदी निकै अगाडि छन् । त्यसैले २०२२ को उत्तर प्रदेश र ०२४ को देशको चुनाव उनीहरूको आगामी रणनीति हो । ‘प्रियल कंग्रेस’ र यसका रणनीतिकारले सायद यो बुझेका छन्– २०१९ को लडाइँ जित्न उनीहरूसँग अब समय छैन । त्यसैले २०२४ को लडाइँको तयारी २०१९ को बहानामा गरिँदै छ । सबैभन्दा ठूलो यो छ कि कंग्रेस मोदीलाई हराएर क्षेत्रीय दल हाबी हुने कमजोर सरकार बनाउने जालबाट बाहिर निस्किएजस्तो देखिन्छ । 
(लेखक वरिष्ठ पत्रकार हुन्)
दैनिक जागरण डटकमबाट