मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १ बिहीबार ०७:२३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१३ बलअघि नै नेपाल विजयी

एक सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा सात विकेट गुमाउँदै एक सय ९३ रन जोड्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १ बिहीबार ०७:२३:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार युएईलाई दोस्रो एकदिवसीय खेलमा तीन विकेटले पराजित गर्दै सिरिज १–१ को बराबरी गरेको छ । तीन खेलको एकदिवसीयको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । यस खेलमा विजय हात पार्ने टोलीले सिरिजमाथि कब्जा जमाउनेछ । त्रिवि क्रिकेट मैदानमा युएईले पहिलो ब्याटिङ गर्दै ४३.२ ओभरमा सबै विकेट गुमाएर एक सय ९१ रनको मध्यम योगफल खडा गर्‍यो । नेपालले ४७.५ ओभरमा सात विकेटको क्षतिमा एक सय ९३ रन बनाएको थियो । नेपालले १३ बलअघि नै सफलता चुमेको हो । 

फितलो ब्याटिङ 
युएईसँगको दोस्रो खेलमा नेपालको ब्याटिङमा खासै सुधार आएन । त्रिवि मैदानमा बलर हावी भएको प्रतिस्पर्धामा नेपाल र युएईका ब्याट्सम्यानले रनका लागि संघर्ष गरेको देखिन्थ्यो । सहज लक्ष्य पछ्याउँदा नेपालले कमजोर सुरुवात गरेको थियो । इनिङ्सको चौथो बलमै नेपालले ओपनर अर्जुन साउदलाई गुमाएको थियो । हर्जात विलालको पहिलो ओभरमै अर्जुनले सबिर अलीलाई क्याच दिन पुगे । अर्जुनको यो दोस्रो एकदिवसीय खेल हो । उनले सोमबार युएईविरुद्ध नै डेब्यु गर्दै अर्धशतकीय इनिङ्स खेलेका थिए । तर, दोस्रो खेलमा अर्जुनले खराब सट खेल्दा डकआउट भए । 

नेपालले इनिङ्सको ४.५ ओभरमा नेपालले दोस्रा ओपनर आसिफ शेखलाई गुमायो । हज्रार्तले बसिर हमिदबाट शेखलाई क्याचआउट गराए । शेख आउट हुँदा नेपालले दुई विकेट गुमाएर १३ रन मात्र बनाएको थियो । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान रोहितकुमार पौडेलले दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । ज्ञानेन्द्र र रोहितले आठ ओभर साझेदारी गरेका थिए । दुवैले प्रतिओभर चार रनरेटमा ब्याटिङ गरे । रोहित र ज्ञानेन्द्र १० रनको अन्तरमा पेभेलियन फर्के । ज्ञानेन्द्रले ५९ बलमा चार चौकाको सहयोगमा २८ रन तथा रोहितले २३ बलमा एक चौका प्रहार गरी आठ रन मात्र बनाए । 

जितको आधार ६२ रनको साझेदारी
धरमराएको नेपालको ब्याटिङ इनिङ्समा आरिफ शेख र गुल्सन झाले सातौँ विकेटका लागि ६२ रनको साझेदारी गरे । आरिफ र गुल्सनले नेपालको जित आधार बनाएका थिए । इनिङ्सको २९.१ ओभरमा कुशल मल्ल बोल्ड भएपछि गुल्सन क्रिजमा आएका थिए । उनले आरिफसँग धैर्यपूर्वक ब्याटिङ गरी नेपाललाई जितनजिक पु¥याए । दुवै ब्याट्सम्यानले अनावश्यक सट प्रहार गरेनन् । ४४.२ ओभरमा गुल्सन रोहन मुस्तफाबाट क्याटआउट भए । उनले ४९ बलमा एक छक्का र चार चौका प्रहार गरे । त्यसपछि आरिफ र सोमपाल कामीले आठौँ विकेटका लागि नटआउट २५ रनको साझेदारी गर्दै नेपाललाई तीन विकेटको जित दिलाए । आरिफले ५८ बलमा तीन चौकाको सहयोगमा ३३ रन बनाए । सोमपालले १६ बलमा १६ रन जोडे । बलिङका क्रममा युएईका रोहन पुनः एकपटक चम्किए । उनले १० ओभरमा २४ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारे । विलालले सात ओभरमा ३३ रन दिँदै दुई विकेट हात पारे । 

सोमपाल र ललितको कसिलो बलिङ
नेपालको नजरमा दोस्रो खेल गर या मरको अवस्थामा थियो । नेपाल पराजित हुँदा युएईले एक खेलअघि नै सिरिज हात पाथ्र्यो । युएईको तुलनामा नेपाल दबाबमा देखिन्थ्यो । तर, पहिलो ब्याटिङ गरेको युएईले अनपेक्षित ब्याटिङ गर्‍यो । दोस्रो खेलमा युएईको कमजोर ब्याटिङ हुनुपछाडि नेपालका सोमपाल र ललित रावंशीले घातक बलिङ गरेका थिए । सोमपालले ७.२ ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए । ललितले १० ओभरमा ४१ रन खर्चंदै तीनै विकेट हात पारे । दुवै बलरले आ–आफ्नो स्पेलमा विकेट लिँदा युएईको इनिङ्स ४३.३ ओभरभन्दा अगाडि बढ्न सकेन । 

युएईको सानदार ओपनिङ 
ब्याटिङ पिचमा युएईका ओपनर मुहमद वासिम र भित्या अरविन्दले पहिलो विकेटका लागि ७२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । ओपनर अरविन्दलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेपछि खेल नेपालतर्फ मोडियो । अरविन्दले ३९ बलमा चार चौका प्रहार गरी २५ रन बनाए । ओपनर मुहमदले ४६ बलमा चार छक्का र तीन चौका प्रहार गरी सर्वाधिक ५० रन बनाए । युएईका मध्यक्रम ब्याट्सम्यानले गतिलो साथ दिन सकेनन् । दुवै ओपनर गुमाउँदा युएईले १८.६ ओभरमा ८०–२ को अवस्थामा थियो । युएईले एक सय ११ रनमा थप आठ विकेट गुमाएको थियो