मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ कार्तिक ३० बुधबार २२:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्य जिल्लामा पठाउन बम बनाउँदै गर्दा विस्फोट

नेपालगन्ज विस्फोट अपडेट

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ३० बुधबार २२:४९:००

नेपालगन्जमा बुधबार साँझ भएको विस्फोट बम बनाउने क्रममा भएको खुलेको छ । विभिन्न जिल्लामा पठाउन बम बनाउने क्रममा विस्फोट भएको खुलेको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले अन्य जिल्लामा पठाउने योजनाका साथ बम बनाउने क्रममा विस्फोट भएको अनुसन्धानबाट खुलेको जानकारी दिए । 

नेपालगन्ज उपमहानगरपालिका– १० भृकुटीनगरस्थित विभाकरविक्रम मल्लको घरमा डेरा गरी बस्ने सल्यान बाघचौर नगरपालिका– २ का डिल्लीबहादुर डिसीको कोठामा बुधबार साँझ बम विस्फोट भएको थियो । 

विस्फोटमा डिसी र कैलालीको घोडाघोडी नगरपालिका– १ घर भएका उनका ३३ वर्षीय साथी धनबहादुर सुनार घाइते भएका छन् । डिएसपी घर्तीमगरले सुनारको मुख जलेको तथा खुट्टा र हातमा गहिरो चोट लागेको जानकारी दिए । 

घाइतेहरूको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको डिएसपी घर्तीले बताए । दुईमध्ये सुनारको अवस्था गम्भीर रहेको शिक्षण अस्पतालका निर्देशक डा. रोमन किदवाईले जानकारी दिए ।

डिसी र सुनारले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी डेरामा बम भण्डारण गरेको अनुसन्धानबाट खुलेको डिएसपी घर्तीमगरले जानकारी दिए । उनीहरू नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको पनि खुलेको डिएसपी घर्तीमगरले बताए । 

उपचाररत सुनारले आफूहरू विप्लवको कार्यकर्ता भएको तथा आफू डिसीको डेरामा गएका वेला विस्फोट भएको बयान दिएका छन् । 

‘उनीहरूले पहिलेदेखि नै बम बनाउँदै आएका रहेछन् । बुधबार बेलुका बम बनाउँदै गर्दा मिस्टेक भएर विस्फोट हुन गएछ,’ डिएसपी घर्तीले नयाँ पत्रिकासँग भने ।