१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ कार्तिक ३० बुधबार १७:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदीपलाई भोट माग्दै गगनले भने : म जिम्मा लिन्छु, पछुतो मान्नुपर्नेछैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ कार्तिक ३० बुधबार १७:२७:००

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ मा सत्तागठबन्धनका साझा उम्मेदवार गगन थापाले काठमाडौं ५ मा प्रदीप पौडेललाई जिताएकोमा पछुतो मान्नुपर्ने अवस्था नआउने बताएका छन्। एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो तीसवर्षे संगतबाट यसबारे जिम्मा लिएर भन्न सक्ने बताएका हुन्।

‘मैले ०४६ को जनआन्दोलनमा प्रदीपलाई भेटेको हुँ। यो तीस वर्ष लामो सहकार्यका आधारमा म दाबीका साथ भन्न सक्छु– प्रदीपका विषयमा जिम्मेवारी लिएर कसैले भन्न सक्छ भने बोल्न सक्ने पात्र म हो,’ उनले भनेका छन्, ‘काठमाडौं ५ का मतदातालाई जिम्मा लिएर भन्छु, मैले प्रदीप पौडेललाई जिताएर गलत गरेछु भनेर एकजना मतदाताले एक दिन एक क्षण पनि पछुतो मान्नुपर्नेछैन।’

त्यस्तै, थापाले पौडेलमा पाएको जिम्मेवारी जसरी पनि पूरा गर्नुपर्छ भन्ने  प्रतिबद्धता  रहेको र संसदमा उनको उपस्थितिको अर्थ रहने बताए।

‘उनको इमान्दारिता र निष्ठाको बारेमा मात्र होइन नयाँ कुरा सिक्ने, गर्ने र आफूले पाएको जिम्मेवारी जसरी पनि पूरा गर्नुपर्छ भन्ने प्रतिबद्धता छ,’ महामन्त्री थापाको भनाइ छ,‘ उनले उचित ढंगले तपाईंहरूको संसदमा प्रतिनिधित्व गर्नेछन्। उनको संसदमा उपस्थितिले छुट्टै अर्थ राख्नेछ। उनको उपस्थितिले मलगायत साथीहरूको थप आँट र हौसला बढ्नेछ।’