१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार ११:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालगन्जमा टिभिएसको एनओजी राइड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार ११:५६:००

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड नेपालगन्ज सोरुमबाट सुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा सम्पन्न भएको थियो ।

उक्त राइडमा सहभागीबीच विभिन्न गेम पनि खेलाइएको थियो । साथै, सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै आकर्षक उपहार पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।

करिब ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाबारे जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको जनाइएको छ ।