• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १२ आइतबार १५:१५:००
समाचार

घुस लिएको आरोपमा अमिनविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता 

नयाँ पत्रिका काठमाडौं
२०७९ असार १२ आइतबार १५:१५:००

नापी कार्यालय, भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। रायमाझीले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।   

रायमाझीले जग्गाको हालसाबिक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग जेठ १७ गते ३० हजार घुस लिएका थिए। घुस लिएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोली त्यहाँ पुगेर रायमाझीलाई नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध ३० हजार बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिम सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो।