• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १५ आइतबार १३:५५:००
मुख्य समाचार

खराब मौसमका कारण सेनाको हेलिकोप्टरसहितको ‘रेस्क्यु टिम’ पोखरामै रोकियो, लेते आसपासमा दुर्घटना भएको आशंका 

नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १५ आइतबार १३:५५:००

सम्पर्कविहीन अवस्थामा रहेको तारा एयरको जहाज खोजीका लागि काठमाडौंबाट हेलिकोप्टरसहित मुस्ताङतर्फ लागेको नेपाली सेनाको ‘रेस्क्यु टिम’ खराब मौसमका कारण पोखरामै रोकिएको छ। मौसम प्रतिकूल भएका कारण हेलिकोप्टर प्रयोग गर्न कठिन भइरहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। 

यद्यपि, घाँसामा रहेको सैनिक ब्यारेकबाट सेनाको टोली पैदल रूपमा मुस्ताङको लेतेतर्फ गइरहेको उनको भनाइ छ । उनका अनुसार मौसम सुधार भएपछि हेलिकोप्टरमा ‘रेस्क्यु टिम’ मुस्ताङ प्रस्थान गर्नेछ। ‘हामीले पाएको जानकारीअनुसार लेते पडाडमा जहाज दुर्घटना भएको हो कि भन्ने अनुमान छ,’ सेनाका प्रवक्ता सिलवालले भने, ‘यद्यपि यही ठाउँमा जहाज छ भनेर पुष्टिचाहिँ भएको छैन।’ 

प्रहरी भन्छ– लेते आसपासमै दुर्घटना भएको हुन सक्छ 
यता प्रहरीले भने लेतेनजिकै रहेको लार्केटावर क्षेत्रमा जहाजको अन्तिम सम्पर्क रहेको बताएको छ। नेपाल टेलिकमले उपलब्ध गराएको अन्तिम ‘लोकेसन नोटिस’ अनुसार थासाङ गाउँपालिकाको लेतेनजिकै रहेको टावर आसपासमा जहाज भेटिन सक्ने संकेत टेलिकमले दिएको छ।