• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १४ शनिबार १२:२०:००
मुख्य समाचार

रन्थनिएका ओलीले संसदमा कुण्ठा पोखे : गगन थापा (भिडियाेसहित)

नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १४ शनिबार १२:२०:००

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नीति तथा कार्यक्रममाथिको छलफलमा केपी ओलीले विचार र टिप्पणीभन्दा पनि कुण्ठा पोखेको आरोप लगाएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले केपी ओलीको लामो टिप्पणी टिप्पणी नभई रन्थिनिएको वेलाको गन्थन भएको उल्लेख गरे ।

प्रश्नको उत्तर, विचारको टिप्पणी, प्रतिक्रियाको सहमति र असहमति हुने भन्दै थापाले केपी ओलीको कुण्ठामा सहानुभूति मात्रै प्रकट गर्न सकिने बताए । अर्काे एक प्रसंगमा उनले स्थानीय तहको निर्वाचन हुन्न भन्दाभन्दै सान्दार ढंगले एकैपटक सम्पन्न भएको भन्दै निर्वाचन आयोगलाई धन्यवाद दिए ।