• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ १४ शनिबार ११:२६:००
मल्टिमिडिया

सुदूरमा साहित्यको खोजी (फोटोफिचर)

२०७९ जेठ १४ शनिबार ११:२६:००

दार्चुलामा पहिलोपटक बृहत् साहित्य महोत्सव भएको छ । देश मात्र हैन विदेशमा समेत दार्चुलाको साहित्य र संस्कृति चिनाउने उद्देश्यले दुई दिनसम्म चल्ने साहित्य महोत्सवमा देशभरका नाम चलेका कविदेखि नवआगन्तुक कविहरूले आफ्ना कविता, मुक्तक र साहित्यमार्फत सदरमुकाम खुलामञ्चमा हलचल ल्याएका छन् ।

ताराकिसन फाउन्डेसन इन कर्पोरेसनको आयोजना तथा दार्चुला साहित्य समाजको सहकार्यमा पहिलोपटक बृहत् साहित्य महोत्सव दार्चुलामा भएको हो । साहित्यको दायरा सुदूरपूर्वमा मात्र नभई सुदूरपश्चिमसम्म पनि खोज्ने अभिभाराका साथ महोत्सवको आयोजना गरिएको आयोजकको दाबी छ ।

शनिबारसम्म चल्ने साहित्य महोत्सवमा देशभरका साहित्यकारहरू सदरमुकाम खलंगामा आफ्ना कविता, गजल मुक्त श्रवण गरिरहेका छन् । दार्चुला साहित्य महोत्सवमा देखिएका केही दृश्यहरू :