• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ९ सोमबार १५:३०:००
अर्थ

बिवाइडीको ब्रान्ड एम्बासडरमा हरिवंश

नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ९ सोमबार १५:३०:००

बिवाइडी गाडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले कलाकार हरिवंश आचार्यलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । कम्पनी र कलाकार आचार्यबीच नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने उल्लेख गर्दै सम्झौता भएको हो ।

सम्झौतापछि कलाकार आचार्यले हालको परिस्थितिले इभीमा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा चित्रण गर्ने बताए । विश्वव्यापी रूपमा मानिसले इन्धनका कारहरू अप्रभावी र ग्रहका लागि ठूलो खतरा भएको महसुस गरिरहेको उनको भनाइ थियो । ब्रान्ड एम्बासडरको सन्देशको प्रसारले विद्युतीय गतिशीलता र यसका फाइदाहरूबारे देशभरका मानिसमा चेतना जगाउनुका साथै कम्पनीको ब्रान्ड निर्माण गर्न र ग्राहकहरूको विश्वास प्राप्त गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।