• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार १४:४३:००
मुख्य समाचार

मौद्रिक नीतिको समीक्षा सकारात्मक : पूर्वअर्थमन्त्री महत

नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार १४:४३:००

पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। सोमबार न्युज एजेन्सीसँग मौद्रिक नीतिको समीक्षाको विषयमा प्रतिक्रिया दिँदै उनले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएकाले सकारात्मक रहेको बताए।

कांग्रेसका नेतासमेत रहेका पूर्वअर्थमन्त्री महतले भने, ‘कोरोना महामारीको कारण उद्योग–व्यवसाय क्षेत्रमा संकट छ । उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ । महामारीले उद्योग व्यवसायमा मात्रै होइन, हरेक क्षेत्रमा क्षति गर्‍याे । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उद्योग व्यवसाय चलायमान बनाउन राहतका कार्यक्रम तथा सुविधाहरू व्यवस्था गर्नु आवश्यकता छ।’

डा. महतले नेपालमा राष्ट्र बैंकले उद्योग–व्यवसायलाई थप सेवा सुविधा सहज बनाउन केही वर्षदेखि मौद्रिक नीतिको व्यवस्था गरेको बताए। राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको सकारात्मक पक्ष रहेको भन्दै उनले मौद्रिक नीतिमार्फत आएका व्यवस्थालाई सबैले स्वाभाविक मान्नुपर्ने बताए।