• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार १२:४४:००
समाचार

आगामी पाँच महिनामा करिब दुई लाख नयाँ संक्रमित थपिने, नाै हजार संक्रमित गम्भीर देखिने

नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार १२:४४:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरस संक्रमणको पाँचमहिने प्रक्षेपण संसदीय समितिमा पेस गरेको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यो प्रक्षेपण पेस गरिएको हो ।

उक्त प्रक्षेपणअनुसार नेपालमा आगामी पाँच महिनामा एक लाख ९३ हजार आठ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना छ । जसमध्ये ३८ हजार ६ सय ७१ जनालाई उपचार आवश्यक देखिन्छ । त्यस्तै नाै हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्ने उक्त प्रक्षेपणमा उल्लेख छ ।