• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत २४ मंगलबार १४:१५:००
मुख्य समाचार

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजीनामा 

२०७७ चैत २४ मंगलबार १४:१५:००

कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमालेका तर्फबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र बुझाएका हुन् । 

गत ४ चैतमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक बसेको थियो । तीन मन्त्रीले राजीनामा दिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘हामीले मुख्यमन्त्रीलाई राजीनामा पेस गरेका छौँ,’ उनले भने, ‘संसदीय दलको निर्णयअनुसार नै राजीनामा दिएका हौँ ।’

विभाजनपछि एमालेले गत ५ चैतमा माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियोे ।