• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत १८ बुधबार ०९:५६:००
सप्तरंग

राष्ट्रकवि घिमिरेको जन्मस्थलमा काव्ययात्रा

२०७७ चैत १८ बुधबार ०९:५६:००

राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको जन्मस्थल लमजुङमा काव्ययात्रा भएको छ । स्थानीय कला, साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले मर्स्याङ्दी गाउँपालिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको सक्रियतामा काव्ययात्रा गरिएको हो ।

यात्रामा सहभागी अनेसासका अध्यक्ष सन्ध्या पहाडीले राष्ट्रकविको गाउँ देख्दा उत्साहित भएको बताइन् । उनले भनिन्, ‘लमजुङ कला र साहित्यले धनी जिल्ला हो यसको संरक्षणका लागि कलायात्राले सहयोग गर्ने विश्वास छ ।’

कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठानका सल्लाहकार एवं ठाडोभाकाका शोधकर्ता मुक्तिनाथ घिमिरेले ‘ठाडोभाकाको ४१९ पृष्ठको शोधपत्र’को प्रति प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई हस्तान्तरण गरेका छन् । ठाडोभाकाका प्रचारक बुद्धिमान दुरा ‘धम्पु’, प्रतिष्ठानकी सदस्य एवं गायिका सीता दुरा, गायकद्वय आशबहादुर विक र राधा भण्डारीले ठाडोभाका गीत प्रस्तुति गरेका थिए । 

तीनदिने पर्यटन काव्य–यात्राले नौबुँदे घोषणापत्र पनि जारी गरेको छ । काव्ययात्राको समापनमा अनेसासका महासचिव ऋषभ घिमिरेले साहित्यका लागि पर्यटन काव्ययात्रा मस्र्याङ्दी घोषणापत्र– २०७७ घोषणा गरेका हुन् ।