• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण २३ आइतबार ०७:४१:००
प्रदेश

पोखरा महानगरको आफ्नै प्रज्ञा प्रतिष्ठान

२०७७ फाल्गुण २३ आइतबार ०७:४१:००

पोखरा महानगरपालिकाले आफ्नो छुट्टै प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । महानगरभित्रका कला, संस्कृति, भाषा, साहित्य, नाटक तथा संगीतको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको हो । 

नेपालका सात सय ५३ स्थानीय तहमध्ये प्रतिष्ठान गठन गर्ने पोखरा पहिलो स्थानीय तह बनेको छ । यसअघि महानगरको नगरसभाले प्रज्ञा प्रतिष्ठान ऐनसमेत पारित गरेको थियो । ऐनमा प्रतिष्ठानको सांगठनिक ढाँचा ११ सदस्यीय रहने व्यवस्था छ ।

प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल नियुक्त भएका छन् । प्राज्ञ सदस्यहरूमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवि सरस्वती श्रेष्ठ र संगीतकार दिलीप गायक छन् । प्रतिष्ठानको उपकुलपति र दुई सदस्य पद भने रिक्त छ । ती पदमा पछि नियुक्त गरिने महानगरले जनाएको छ । 

नवनियुक्त कुलपतिलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र सदस्यहरूलाई कुलपति ढकालले शपथग्रहण गराएका छन् । शपथपछि जिसीले पोखराको कला, साहित्य, संस्कृतिलगायत सम्पूर्ण विधिको संरक्षणमा प्रतिष्ठानले सरोकारवालासँग छलफल गरेर गुरुयोजना निर्माण गर्न आग्रह गरेका थिए ।