• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण २० बिहीबार ०९:२६:००
मुख्य समाचार

केपी ओलीलाई समर्थन गर्न कांग्रसको नैतिकताले दिँदैन : वरिष्ठ नेता पौडेल

२०७७ फाल्गुण २० बिहीबार ०९:२६:००

नेपाली कांग्रेसका  वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिने बताएका छन् । प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा पौडेलले केपी ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेको भन्दै उनलाई समर्थन गर्न कांग्रसको नैतिकताले नदिने बताएका हुन् । 

यतिखेरको राजनीतिमा केपी ओलीबाहेक अरूसँग समझदारी गरेर अहिलेको संकटलाई पार गराउनुपर्ने बताए । उनले भने,  ‘कांग्रेस आफैँ मात्र हुनुपर्छ भन्ने पनि छैन । यदि यस्तो भयो भने कांग्रेस अरूको खेलौना भएर भूमिकाविहीन हुन सक्छ । अहिलेको देशको संकट अरूलाई साथ दिएर पनि पार लगाउन सकिन्छ । त्यसका लागप प्रचण्ड–माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक  हुन सकिन्छ ।’ तर, त्यसका लागि छलफल भने आवश्यक रहेको उनले बताए ।  
नेपाली कांग्रेससँग एकचौथाइ सिट नभएकाे र अरूसँग मिल्नुपर्ने भएकाले कोसँग मिल्ने भन्ने विषयमा सल्लाह भइरहेको उनले बताए । 

भद्रगोल बन्दै गएको नेपालको राजनीतिलाई कांग्रेसले सम्हालेर लैजानुपर्ने वेला आएको उनले बताए । विघटनबाट बचेको देशलाई व्यवस्थाको विकृतिबाट बचाउनुपर्नेमा उनले जोड दिए । यसका लागि कांग्रेसले आफ्नो हैसियतअनुसार जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ भन्दै संकटबाट देश र व्यवस्थालाई पार लगाउने जिम्मेवारी कांग्रेसबाहेक अरूसँग नभएको बताए ।